अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

जर्मनीमा आजबाट दुईजना भन्दा बढी भेला हुन नपाउने, चान्सलर मर्केल क्वारेन्टाईनमा

बिआरटीनेपाल २०७६ चैत १० गते ८:३६ मा प्रकाशित

कोराना भाइरसको रोकथाम र नियन्त्रणका लागि जर्मनीमा दुईजना भन्दा बढी भेला हुन नपाउने नियम लागू गरिएको छ । जर्मन सरकारले आजदेखि लागू हुने गरेको नियम अनुसार सार्वजनिक स्थानमा दुईजना भन्दा बढी भेला हुन पाउने छैनन् ।

यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले टेलिभिजनमार्फत सम्बोधन गर्दै कोरोना भाइरसविरुद्ध लड्न सबैले नियम पालना गर्न आग्रह गर्नुभएको छ । जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसलहरु यसअघि नै बन्द भइसकेका छन् भने सैलुन, ब्युटिपार्लर र मसाज स्टुडियो पनि आजदेखि बन्द भएका छन् ।

टेलिभिजन सम्बोधनलगत्तै चान्सलर मर्केल पनि क्वारेन्टाइनमा बसेको मार्केलको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ । उच्च ज्वरो र निमोनिया भएपछि उहाँलाई क्वारेन्टाइनमा राखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू