अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५९ | Colorodo: 22:14

कोरोना त्रासका कारण कोलम्बियाको कारागारमा भागदौडः २३ को मृत्यु, ८३ घाइते

बिआरटीनेपाल २०७६ चैत १० गते ८:३२ मा प्रकाशित

कोलम्बियाको एक कारागारमा भागदौड मच्चिँदा २३ जना कैदीको मृत्यु भएको छ । कोरानोको त्रासका कारण भएको भागदौडमा ८३ जना कैदीबन्दी घाइते भएको समाचारमा जनाइएको छ । कोलम्बियाका न्यायमन्त्री मार्गारिता काबेलोले ला मोडा जेलमा भएको भागदौडमा ८३ जना घाइते भएको पुष्टि गरेका छन् । देशभरका कैदी बन्दीले आफूहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दा विरोध गरेपछि भएको घटनाबारे छानविन भइरहेको अधिकारीहरुले जनाएका छन् ।

घटनामा गम्भीर घाइते भएका ३२ जना कैदी र सात जना सुरक्षाकर्मीको उपचार भइरहेको छ । कोरोनाबाट बच्न कारागारमा सम्पूर्ण सुरक्षाका उपायहरु अपनाइएपनि अप्रत्यासित रुपमा घटना गराइएको सरकारी अधिकारीहरुको दाबी छ ।

घटना लगत्तै ठूलो संख्यामा कैदी बन्दीका आफन्तहरु कारागार बाहिर भेला भएको समाचारमा जनाइएको छ । देशभर रहेका एक सय ३२ कारागारको क्षमता ८१ हजार रहेपनि एक लाख २१ हजार कैदी राखिएको न्याय मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू