अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०२ | Colorodo: 06:17

कोरोनाबिरुद्ध एनआरएनएले १ करोड रुपैयाँ सहयोग

बिआरटीनेपाल २०७६ चैत ९ गते १८:३६ मा प्रकाशित

लन्डन । कोरोना महामारीसँग लड्नको लागि गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ । गैर आवासीय नेपाली सङ्घको आइतबार बसेको ७२ औँ बैठकले प्रधानमन्त्री राहत कोष मार्फत १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको सङ्घका महासचिव डा. हेम राज शर्माले जानकारी दिए ।

यसअघि सङ्घले कोरोना भाइरस पीडितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको थियो । बैठकले सङ्घका कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहत कोष सङ्कलन समिति गठन भएको छ भने उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामाग्री सहयोग सङ्कलन उपसमिति गठन भएको छ । सङ्घले विश्वभर छरिएका आफ्ना शाखा मार्फत कोरोना पीडित नेपालीको तथ्याङ्क सङ्कलन गर्ने समेत तयारी गरेको छ । यस्तै बैठकले सङ्घको आर्थिक, कर्मचारी, प्रोटोकल सम्बन्धी आधार दर्जन भन्दा बढी नियमावलीहरू पारित गरेको सङ्घले जनाएको छ ।

बैठकले सङ्घको विस्तृत आर्थिक लेखापरिक्षण (डिडिए) को रिपोटलाई सार्वजनिक गर्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई अख्तियारी दिएको छ । बैठकले राष्ट्रिय समन्वय परिषद्ले गैर आवासीय नेपाली सङ्घसँग आवद्द हुन मापदण्ड सहितको संझौतापत्रमा हस्ताक्षर गर्नु पर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू