अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

कोरोनासँग लड्न डब्लुएचओका ५ सुझाव : गुलिया पेय पदार्थ नखाने, सङ्गीत सुन्ने नाच्ने

बिआरटीनेपाल २०७६ चैत ९ गते १७:०८ मा प्रकाशित

काठमाडौँ, कोरोना भाइरस(कोभिड (१९)को उपचारमा कुनै भ्याक्सिन नबनिसकेको अवस्था रोकथाम गर्नु या लाग्न नदिनु नै उत्तम हुन्छ । यसै सन्दर्भमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले केही सुझाव दिएको छ ।

डव्लुएचओका प्रमुख डा अधानोम टेड्रोसले भनेका ५ उपाय यस्ता छन् ।

१. स्वस्थ र पौष्टिक आहार खानुहोस्। जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठिकसँग कार्य गर्न सहयोग गर्दछ ।

२. मदिराजन्य पदार्थको सेवनलाई सीमितमा राख्नुहोस् । गुलिया पेय पदार्थहरू नलिनुहोस् ।

३. धूम्रपान नगर्नुहोस् । यदि तपाईँ कोरोना भाइरस ( कोभिड१९)बाट सङ्क्रमित हुनु भयो भने धुम्रपानले गम्भीर रोगको जोखिम बढाउन् सक्छ ।

४. शारीरिक व्यायाम गर्नुहोस् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डले भने झैँ वयस्कहरूले दैनिक कम्तीमा ३० मिनेट र बच्चाहरूलाई दैनिक १ घण्टा शारीरिक व्यायाम गर्न गराउनुहोस् । यदि तपाईँलाई यो बेला नियमक निकायले अनुमति दिएको छ भने बाहिर पैदल यात्रा गर्नुहोस्, दौडनु होस, सवारीमा समेत जानुहोस् तर अरूसँगको दुरी राख्नुहोस् । यदि तपाईँ घरभित्रै लक डाउन अर्थात् बाहिर निस्कन सक्ने अवस्था छैन भने व्यायाम गर्नुहोस्, नाच्नुहोस्। योगा गर्नुहोस् ।

घरमै बस्नु भएको छ काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस् । तपाईँले कम्तीमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् । घरमा कसरी स्वस्थ रहेर बस्ने भन्ने बारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौँ ।

५. तपाईँको मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो सङ्कटको बेला तनाव अलमल र डराउनु सामान्य कुरा हो । यस्तो बेलामा तपाईँले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसँग कुरा गर्नुहोस् । सङ्गीत सुन्नुहोस्, किताब पढ्नुहोस् अथवा गेम खेल्नुहोस् ।

दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू