अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

एनआरएनएले कोरोना प्रभावितको समन्वय गर्न हरेक देशमा संयोजक तोक्ने

बिआरटीनेपाल २०७६ चैत ९ गते ८:०९ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्वमा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना शाखाहरुलाई परिचालन गर्ने भएको छ ।एनआरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र सम्पूर्ण मुलुकहरुमा रहेका राष्ट्रिय समन्वय परिषद् (एनसिसी) को संयुक्त बैठकले हरेक देशमा एक–एकजना संयोजक तोक्ने निर्णय गरेको छ।

महासचिव हेमराज शर्माका अनुसार कोरोना प्रभावित देशहरुमा परिस्थितिमा सहजीकरण तथा समन्वय गर्न हरेक राष्ट्रिय समितिमा एक जना ‘कोअर्डिनेटर’ तोक्ने निर्णय गरिएको हो। बैठकले नेपाल सरकारले विभिन्न देशमा रहेका बैदेशिक नियोग तथा दूतावासहरुसँग समन्वय तथा सहकार्य गरी समस्या समाधानमा हातेमालो गर्ने राष्ट्रिय समितिलाई निर्देशन दिने निर्णय गरेको छ।

आईसीसी अध्यक्ष पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय ’हेल्थ कमिटी’ मार्फत सम्बन्धित देशहरुका एनसिसीको समन्वयमा विश्वका विभिन्न क्षेत्रमा समयानुकूल सुविधालाई मध्यनजर गरी अनलाइन स्वास्थ्य जनचेतना कार्यक्रम सञ्चालन निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू