अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 13:42

खाद्यान्नको पर्याप्त मौज्दात रहेको आपूर्तिमन्त्री भट्टको दाबी

बिआरटीनेपाल २०७६ चैत ९ गते ८:०२ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्न लगायतका अत्यावाश्यक वस्तुको बजारमा अभाव नहुने प्रष्ट पार्नुभएकोे छ । काठमाडौंमा आज आयोजित साक्षात्कारमा उहाँले बजारमा कुनै पनि अत्यावश्यक सामग्रीको अभाव हुन नदिने गरी सरकारले बन्दोवस्त गरिरहेको बताउनुभयो ।

मन्त्री भट्टले खाद्यान्नको पर्याप्त मौज्दात रहेको दाबी समेत गर्नुभएको छ । सरकारले आपूर्ति व्यवस्थापनका लागि योजनाबद्ध ढंगले गम्भिर रुपमा तयारी गरिरहेको उहाँले बताउनुभयो । कालोबजारी नियन्त्रणका लागि सरकारले अनुगमन टोली खटाइरहेको भन्दै मन्त्री भट्टले कालोबजारी गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू