अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 01:26

कुकुरमा पनि भेटियो कोरोना संक्रमण

बिआरटीनेपाल २०७६ चैत ७ गते ८:४१ मा प्रकाशित

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कुकुरमा पनि भेटिएको छ । हङकङमा हालै गरिएको एक परीक्षणमा ‘जर्मन सेफर्ड’ जातको कुकुरमा कोरोना संक्रमण पाइएको छ ।

उक्त कुकुरका मालिक कोरोना संक्रमित थिए । हङकङको आइल्याण्डस्थित पोक फु लाम क्षेत्रमा सो कुकुरलाई केही दिनअघि क्वारेन्टाइनमा राखी परिक्षण गरिएको थियो ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार हालसम्म दुई वटा कुकुरमा कोरोना संक्रमण भेटिएको छ । यस्तै, घरपालुवा जनावरलाई अंकमाल नगर्न चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू