अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१८ | Colorodo: 15:33

जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने

बिआरटीनेपाल २०७६ चैत ७ गते ८:२७ मा प्रकाशित

जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था निर्णय गरेको संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिनुभयो ।

यस्तै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय पनि गरेको छ । आज बिहान बसेको संघको बैठकले बैंकहरुमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ । संघको बैठकले बैंकिङ क्षेत्रलाई भाइरस जोखिम न्यूनीकरण गर्न पूर्वसावधानी अपनाउन आग्रह गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया