अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

नेपाल चलचित्र कलाकार सङ्घ प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७६ चैत ६ गते १२:५५ मा प्रकाशित

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ (कोरोना) रोगको संक्रमणबाट सुरक्षित रहनका लागि हालै नेपाल सरकारबाट गठित उच्चस्तरीय समितिले गरेको निर्णय वर्तमान अवस्थामा नागरिक कल्याण र सतर्कताका लागि उपयुक्त कदम भएकोले नेपाल चलचित्र कलाकार सङ्घ उक्त निर्णयको स्वागत गर्दछ ।

रोगको संक्रमणबाट सुरीषत रहन हामी नागरिकले पनि उच्च सतर्कता अपनाउन अहिलेको सन्दर्भमा जरुरी भइसकेको छ । कोरोना भाइरस संक्रमणबाट बच्न डर त्रास फैलाउनु भन्दा सुरक्षित रहन सार्वजनिक स्थानमा हिँडडुल नगर्ने, साबुन पानीले हात धुने, भेला जमघट नगर्ने लगायतका उपायहरू अवलम्बन गर्न पनि सङ्घ सम्पूर्ण चलचित्र कर्मीहरूमा अनुरोध गर्दछ ।

यो सङ्क्रमणको समस्या सरकारको मात्र नभई हामी नागरिकहरूको पनि भएकोले हामीले यो सङ्क्रमणको समस्याबाट सुरक्षित रहन विश्वभर छरिएर रहेका नेपालीहरूले सजगता र संवेदनशीलता अपनाउनु जरुरी भएको पनि हामी यही वक्तव्य मार्फत अनुरोध गर्दछौँ ।

रविन्द्र खड्का
अध्यक्ष
नेपाल चलचित्र कलाकार सङ्घ

प्रतिक्रिया