अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

अमेरिकन आइडलमा नेपालका दिवेशको मन जित्ने प्रस्तुति, निर्णायक भन्छन्– “बब मार्लीको याद दिलायौं” (भिडियो)

बिआरटीनेपाल २०७६ चैत ४ गते ९:१३ मा प्रकाशित

अमेरिकन आइडलको १८ औं संस्करणमा छनौट भएपछि चर्चामा आएका नेपाली गायक दिवेश पोखरेलले हलिउडमा निर्णयकको मन जित्ने प्रस्तुति दिएका छन् । उनले यसअघिको प्रस्तुतिबाट पनि तीनै जना निर्णायकको मन जितेका थिए ।

अमेरिकन आइडलले सार्वजनिक गरेको दिवेशको प्रस्तुतिसम्बन्धी भिडिओमा दिवेशको उत्कृष्ट गायकी र त्यसमा निर्णायकहरूको सरकारात्मक प्रतिक्रिया देख्न सकिन्छ। पहिलो प्रस्तुतिका दिने क्रममा उनले ओटिस रेडिङ र द ब्ल्याक क्रोजको ‘हार्ड टु ह्यान्डल’ गीत गाएका थिए।

उनले गाएको गीतमा शोका निर्णायकहरू क्याटी पेरी, लुक ब्रायन तथा लियोनेल रिची पुनः प्रधावित भएका छन् । निर्णायक पेरीले त ‘मोर, मोर’ भन्दै दिवेशलाई पुनः गीत गाउन आग्रह गरेकी थिइन्। उनको त्यो मागमा अन्य दुई निर्णायक रिची र ब्रायनले पनि साथ दिँदै ‘मोर, मोर’ भनेका थिए ।

प्रतिक्रिया