अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 10:04

सुनको मूल्य ह्वात्तै घट्यो

बिआरटीनेपाल २०७६ चैत ४ गते ८:४३ मा प्रकाशित

लामो समयदेखि उतार चढाव भइरहेको सुनको मूल्य मंगलबार ह्वात्तै घटेको छ । नेपाली बजारमा मंगलबार प्रतितोला २ हजारले घटेर छापावाला सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमबार ७७ हजार ५०० प्रतितोलामा कारोबार भएको सुन मंगलबार ७५ हजार ५०० प्रतितोलामा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ७५ हजार २०० मा कारोबार भइरहेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ७१० तोकिएको छ ।

प्रतिक्रिया