अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३४ | Colorodo: 04:49

कालोबजारी र अभावको गुनासो बढेसँगै सरकारले सुपथ मूल्यका पसल सञ्चालन गर्ने

बिआरटीनेपाल २०७६ चैत ४ गते ८:४० मा प्रकाशित

कालोबजारी र अभावको गुनासो बढेसँगै सरकारले कोरोना भाइरस संक्रमणलाई लक्षित गरी दैनिक उपभोगका वस्तु सुपथ मूल्यमा सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कोरोना भाइरस संक्रमणको जोखिमबारे आज भएको छलफलमा सरकारले सुपथ मूल्यका पसल खोल्न जनाएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्नको सस्तो पसल निश्चित ठाउँहरुमा खोल्ने तयारी खाद्य व्यवस्था संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले गरिरहेको बताउनुभयो ।

यस्तै, मोबाइल पसलहरु पनि सञ्चालन गरेर मूल्यवृद्धि र अभाव सिर्जना गर्नबाट रोक्ने तयारी गरिएको बताउनुभयो । यस्तै, ७७ वटै जिल्लामा गृहमन्त्रालयसँग समन्वय गरेर कालोबजारी गर्नेलाई कानुन दायरामा ल्याउने काम भइरहेको उहाँको दावी थियो ।

मन्त्री भट्टले खाद्यान्न, औषधि, ग्यास, पेट्रोलको कुनै अभाव नरहेको भन्दै नेपाल आयल निगमले शनिबार दिउँसो १ बजेसम्म पेट्रोल डिपो खोल्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया