अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३५ | Colorodo: 00:50

केकीको नयाँ भिडियो बजारमा

बिआरटीनेपाल २०७६ चैत ३ गते २२:४५ मा प्रकाशित

न्यु योर्क, डेढ दशक देखि साहित्य लेखनमा सक्रिय पुष्कर बरालको शब्दमा करोडौँका लोकप्रिय गायक बादलुको घुम्टोले, निष्टुरीले छाडेरगईहाली, माया बस्यो मुटुमा, मन रहे पो माया प्रीति जस्ता सयौँ हिट गीत नेपाली साङ्गीतिक बजारलाई दिन सफल उनै गायक यम बरालको अर्को नयाँ गजल गीत हलचल जिन्दगीमा भर्खरै युट्युबबाट श्रोता माझ आएको छ । जादु मयी स्वरका धनी यम बरालले यो गजल गीतमा आफै सङ्गीत भरेका छन् ।

यता यस्तै उता त्यस्तै हलचल जिन्दगीमा,
किन झर्छ आँसु यहाँ पल-पल जिन्दगीमा…

यिनै र यस्तै यस्तै माया प्रेम, बिछोड, पिडा र मनका बह हरूलाई पुष्कर ले शब्दमा बुनेका छन् । गीतमा आँसुका कुरा छन् , प्रेमका कुराछन् बिछोड र उदासीपनका कुरा छन् । मान्छे जीवनमा एक न एक रूपमा एक्लो बन्छ र उसको जिन्दगीमा कस्ता कस्ता पिडाका बाढिहरुउर्लन्छन् भन्ने कुरालाई गजलकार गीतकारले शब्दमा एकदमै मार्मिक ढङ्गले उतार्न सफल भएको देखिन्छ ।

भिडीयोमा पछिल्लो समय अभिनयमा निकै व्यस्त रहेकी नायिका/ मोडल केकी अधिकारी र गजलकार पुष्कर बराललाई भिडीयोमा देख्न सकिन्छ भने भिडीयोमा कृश थापा र पृन्साले पनि सघाएका छन् ।

ओएसआर डिजिटल युट्युब च्यानल बाट बजारमा आएको यो गजल गीतलाई बिक्की पुलामी मगरले भिडियो निर्देशन गरेका छन् भने प्रज्वल पन्तले भिडिओ खिचेका हुन ।

भिडियो

प्रतिक्रिया