अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

कोलोराडोमा रेस्टुरेन्टमा खान प्रतिबन्ध

बिआरटीनेपाल २०७६ चैत ३ गते २२:१४ मा प्रकाशित

डेनभर । कोलोराडो गभर्नर जेरेड पोलिसले रेस्टुरेन्ट र बारमा खान प्रतिबन्ध लगाएका छन् । उनले कोरोना भाइरस नियन्त्रणमा लिन सहयोग पुगोस् भन्ने उद्देश्यले सोमबार यो प्रतिबन्धको घोषणा गरेका हुन् । तर, उनले ड्राइभ थ्रु, टेक आउट र डेलिभरी सेवामा भने प्रतिबन्ध लगाएका छैनन् । सेवाग्राहीले रेस्टुरेन्टबाट खान अर्डर गर्न, बाहिर लगेर खान र ड्राइभ थ्रु सेवा प्रयोग गरी खाना किन्न भने सक्नेछन् ।

सोमबार घोषणा गरिएको प्रतिबन्ध मङ्गलवार बिहान ८ बजेदेखि लागू हुनेछ । प्रतिबन्ध ३० दिनका लागि लगाइएको हो । यो प्रतिबन्ध डेनभर र समिट काउन्टीमा पनि लागू हुनेछ । गभर्नर पोलिसले जिम, थिएटर, ब्रुअरी, कफी हाउस र क्यासिनो पनि बन्द गर्न आदेश दिएका छन् । साथै यहाँ स्थित डिपार्टमेन्ट अफ मोटर्स भिहेकलका सबै कार्यालय मार्च १८ देखि अप्रिल १८ सम्म बन्द रहने छ ।

पुरा भिडियो

Gov. Polis News Conference

Gov. Polis addresses the public about the coronavirus pandemic

Posted by FOX31 KDVR.com on Monday, March 16, 2020

प्रतिक्रिया