अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

सुनको भाउ फेरि बढ्यो

बिआरटीनेपाल २०७६ चैत ३ गते ९:०७ मा प्रकाशित

केही दिनदेखि ओरालो लागेको सुनको भाउ फेरि बढेको छ । सोमबार छापावाला सुन प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ७७ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी प्रतितोला ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कोरोना भाइरसले अन्तर्रा्ष्ट्रिय बजारमा आर्थिक मन्दी शुरु भइ शेयर मार्केटमा उतार चढाव आउँदा सुनको मूल्यमा पनि घट बढ हुने क्रम चलिरहेको विश्लेषकहरुको अनुमान छ । यस्तै अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत हुनु, र भारतीय मुद्रा पनि कमजोर बन्दा आन्तरिक बजारमा सुनको भाउ अस्थिर भइरहेको छ ।

प्रतिक्रिया