अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन नीति आवश्यक – पर्यटन मन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ चैत २ गते ८:४० मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि १० वर्षे रणनीति आवश्यक रहेको बताउनुभएको छ । मन्त्रालयले आइतबार काठमाडौंमा आयोजना गरेको प्रदेश समन्वय गोष्ठीमा मन्त्री भट्टराईले १० वर्षमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले निर्माण गर्नुपर्ने सबै पर्यटकीय पूर्वाधारहरुको निर्माण सम्पन्न गर्ने र १५ औं योजनाले लिएका लक्ष्यहरू पूरा गर्नेगरी रणनीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि केन्द्र सरकार एक्लैले केही गर्न नसक्ने उल्लेख गर्दै तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको पनि बताउनुभएको छ । सबैले मिलेर लगानी गर्ने र मिलेरै फाइदा लिने गरी आयोजनाहरू निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो । मन्त्री भट्टराईले ७ वटै प्रदेशमा पर्यटकीय सूचना केन्द्रको स्थापना गर्नुपर्ने, सांस्कृतिक तथा धार्मिक सम्पदाहरूलाई पूजापाठ गर्ने क्षेत्रको रूपमा मात्र नभएर पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने, कर्णालीलाई जैविक विविधताको पर्यटनका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू