अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

आर्मीलाई हराउँदै मनाङ आहा ! रारा गोल्डकपको फाइनलमा

बिआरटीनेपाल २०७६ फागुन २९ गते ८:४१ मा प्रकाशित

त्रिभुवन आर्मी क्लबलाई हराउँदै मनाङ–मर्स्याङ्दी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा मनाङ ३–२ ले विजयी भयो ।

खेलमा मनाङको लागि अञ्जन विष्ट, बिकल राना र फ्लोरेन्टले एकरएक गोल गरे । पराजित टोली आर्मीका खरत खवास र दीप लामाले एकरएक गोल गरे । क्वार्टरफाइनलमा संकटा क्लबलाई ३–० ले हराउँदै आर्मी क्लब तथा झापा–११ लाई १–० ले स्तब्ध पार्दै मनाङ सेमिफाइनलमा पुगेको थियो ।

मनाङले अब शनिबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लबसँग उपाधिका लागि खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई पराजित गर्दै पुलिस क्लब फाइनलमा पुगेको हो ।

प्रतिक्रिया