अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

नेपाली युवा प्रदिप परियार योङ ग्लोबल लिडर्स अवार्डद्धारा सम्मानीत

बिआरटीनेपाल २०७६ फागुन २८ गते ६:५९ मा प्रकाशित

विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवर्द्धनमा पुर्याएकोे योगदानको कदर गर्दै नेपाली युवा प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० अवार्डबाट सम्मानित गरेको छ। मञ्चका संस्थापक क्लाउस् स्वाबले सन् २००४ मा वाईजिएल फोरम स्थापना गर्दै यो अवार्ड सुरू गरेका थिए। विश्वमा बढ्दो जटिलता एवं चुनौतीहरू सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो।

परियार यो वर्ष वाइजिएल अवार्डबाट सम्मानित हुने एकमात्र नेपाली युवा हुनुहन्छ । बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘युवा सशक्तिकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा परियारले र्पुयाएको योगदान र सम्भावनाको आधारमा उनलाई वाइजिएल अवार्ड प्रदान गरिएको हो।’

यसअघि सन् २०१५ मा नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले वाइजिएल अवार्ड पाउनुभएको थियो । थापाले त्यसपछि स्वास्थ्य मन्त्रालयको नेतृत्वसमेत सम्हालिसक्नुभएको छ । वाइजिएल अवार्ड पाउने युवाको नेतृत्व क्षमता, नवीन सोंच एवं कल्पनाशीलता परिष्करण गर्न विश्व आर्थिक मञ्चले तिनलाई विभिन्न विश्व प्रसिद्ध विश्वविद्यालयमा पढ्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार एवं अनुभव राख्ने अवसर प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू