अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

त्रिभुवन आर्मी आहा ! रारा गोल्डकपको अन्तिम चारमा

बिआरटीनेपाल २०७६ फागुन २७ गते ८:१५ मा प्रकाशित

त्रिभुवन आर्मी क्लब पोखरामा जारी १८औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन प्रतिस्पर्धी संकटा क्लबलाई ३–० ले सहजै पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।

आर्मीका लागि सुदील राई, नवयुग श्रेष्ठ र विवेक श्रेष्ठले एक÷एक गोल गरेका थिए । पहिलो गोलका लागि पाससमेत दिएका नवयुग खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । यो खेलसँगै सेमिफाइनल समीकरणसमेत पूरा भएको छ ।

आर्मीले दोस्रो सेमिफाइनलमा बिहीबार मनाङ–मर्स्याङ्दी क्लबसँग खेल्नेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा साविक विजेता थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । सहारा क्लब पोखराको आयोजनामा जारी १० टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया