अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

प्रथम सिकारी भलिबल च्याम्पियनसिप २०२० सम्पन्न, कोलोराडो नेपाल टिम प्रथम

बिआरटीनेपाल २०७६ फागुन २६ गते १२:५४ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्य स्थित युवाहरूको संस्था सिकारी युथद्वारा आयोजित प्रथम सिकारी भलिबल च्याम्पियन २०२० सम्पन्न भएको छ ।

खेल संयोजक गोविन्द अस्माली, सिकारी युथ संयोजक प्रकाश पौडेल, सिकारी टिम क्याप्टेन तथा रेफ्रि संयोजक हरिस् खत्री र एनआरएन कोलोराडो च्याप्टर पूर्व अध्यक्ष वासुदेव खनालको प्रमुख आतित्थयमा सञ्चालित खेलमा कोलोराडोको विभिन्न सहरबाट तपसिलको टिम क्याप्टेनहरूको अगुवाइमा निम्न टिमहरू सहभागी भएको थियो ।

“स्वास्थ्यको लागी खेल र कोलोराडो युवाहरू बिचको मेल” लाई प्रगाढ र मजबुत बनाउने उद्देश्यले आयोजित गरिएको खेलमा तपसिलका सङ्घसंस्था, रेस्टुरेन्ट र आदरणीय समाजसेवी व्यवसायीहरूले सहयोग गरेका थिए ।

सहभागी नौ ओटै टिमहरू बिच कडा प्रतिशप्रधा भएको थियो । उत्कृष्ट खेल प्रदर्शन गर्दै कोलोराडो नेपाल टिम प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने दोस्रो स्थानमा गोर्खाली टिम, तेस्रो स्थान सिकारी टिमले जित्न सफल भएका थिए । उत्कृष्ट सटरमा अरोरा युथका रमेश कार्की, अनुशासित टोलीको पुरस्कार सिकारी टोलीले जितेको थियो । युवाहरूको टिमलाई हैषला प्रदान गर्न अनि होलीको शुभकामना दिन एनआरएन कोलोराडो च्याप्टरबाट अध्यक्ष कुमार जङ्ग कार्की, उपाध्यक्ष आर सी पन्त, सचिव नवराज न्यौपाने, कोषाध्यक्ष प्रकाश पौडेल, कोलोराडो दिदी बहिनी समूहकी संयोजक धना पौडेल, समाजसेवी माधव सिवाकोटी, समाजसेवी रैवत पौडेल, समाजसेवी एच बि आचार्य, खेलप्रेमि महिला दिदी बहिनीहरूमा तारा गुरुङ, श्यामला सिवाकोटी, तारा पौडेल, सोनालि सापकोटा लगायत दर्जनौँ महिला दिदी बहिनीहरूले पनि हौसला प्रदान गर्नु भएको थियो ।

साथै आगामी दिनहरूमा सिकारी युथले नियमित भलिबल टुर्नामेन्टलाई निरन्तरता दिने, साथै सहभागिताको लागि सम्पूर्ण टिमलाई सिकारी युथका संयोजक प्रकाश पौडेलले धन्यवाद अनि आभार प्रकट गरेका थिए । सामाजिक व्यक्तिहरूको रहोवरमा विभिन्न विधाहरूमा विजेता टोलीहरूलाई ट्रफि, मेडल र नगर पुरस्कार हस्तान्तरण गरिएको थियो ।

प्रमुख अतिथि खनालले कार्यक्रम अवधिभर टिमहरूलाई हौसला प्रदान गरेका थिए । साथै कोलोराडोमा निकट भविष्यमा हुन गइरहेको NRNA-NCC को एजीएम सम्मेलनमा कोलोराडोका सम्पूर्ण सहभागी नौ वटै टिमहरूलाई खेल जर्सी प्रदान गराउने घोषणा गर्नु हुँदै आयोजक, सहभागीलाई शुभकामना दिएका थिए ।

यस कार्यक्रमको आर्थिक पाटो सम्हालेका आर सी पन्तले खेलका स्पन्सरहरू र शुभचिन्तकहरू सबैलाई विशेष धन्यवाद दिए । १५० जना हाराहारीमा उपस्थित खेलाडी तथा दर्शकहरूलाई दिउसोको खाना सहुलियत दरमा उपलब्ध गराउन सहयोग गर्ने याक एडं यति रेस्टुरेन्टका सञ्चालक दिनेश भट्टराई, नमस्ते इन्डिया रेस्टुरेन्टका सञ्चालक राम साह, एक्जोटिका रेस्टुरेन्टका सञ्चालक विवेक रौनियारलाई विशेष धन्यबाद साथै आभार प्रकट गरेका थिए ।

कार्यक्रम संयोजक गोविन्द अस्मालिले यस कार्यक्रमलाई खेल प्रतिस्पर्धा र पुरस्कार भन्दा पनि युवाहरूको भेटघाट र पर्वको रूपमा लिनु पर्ने र कोलोराडोमा नेपाली खेलकुद विकाश संस्थाको आवश्यकता रहेको धारणा व्यक्त गर्दै खेल जित्ने टोलीहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू