अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 04:09

रोनाल्डिन्हो पक्राउ प्रकरण: नक्कली पासपोर्ट नबोकेको ब्राजिली वकिलको दावी

बिआरटीनेपाल २०७६ फागुन २६ गते ९:२४ मा प्रकाशित

ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्होले जानाजान नक्कली पासपोर्ट नबोकेको उनका ब्राजिली वकिल सर्जिओ क्वीरोजले दावी गरेका छन् । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गरेका छन् । यता, पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन् ।

उनीहरु विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा छन् । रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गत बुधबार पाराग्वे पुगेका थिए । विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू