अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

प्रिमियर लिगः युनाइटेडद्वारा सिटी पराजित, चेल्सीले हरायो एभर्टनलाइ

बिआरटीनेपाल २०७६ फागुन २६ गते ९:१२ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । गएराती युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको म्यान्चेस्टर डर्बीमा घरेलु टोली २–० ले विजयी भयो । खेलमा युनाइटेडका लागि एन्टोनियो मार्टियल र स्कट म्याक्टोमनीले एक एक गोल गरे ।

यो हारले म्यान्चेस्टर सिटीलाई धक्का लागेको छ भने युनाईटेड प्रिमियर लिगको अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले एभर्टनलाई ४–० ले हराएको छ । खेलमा चेल्सीलाई विजयी गराउन मेसन माउन्ट, विलियन, पेड्रो र ओलिभर जिरुले एक एक गोल गरे ।

जितपछि चेल्सीले तेस्रो स्थानको आफ्नो पकडलाई बलियो पारेको छ । प्रिमियर लिग फुटबलमा यो हप्ताका खेलहरुपछि २९ खेलबाट ८२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा यथावत छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ५७ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५० अंक छ । ४८ अंकसहित चेल्सी चौथो तथा ४५ अंक जोडेको म्यान्चेस्टर युनाईटेड पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू