अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०२ | Colorodo: 00:17

आहा रारा गोल्डकप, गान्तोकलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

बिआरटीनेपाल २०७६ फागुन २६ गते ९:११ मा प्रकाशित

ललितपुरे क्लब थ्री स्टार पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा गान्तोक सिटी एफसी सिक्किमलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा थ्री स्टारले तीन गोल गर्यो । अब थ्री स्टारले सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिस आयोजक सहारा क्लब पोखरालाई हराएर सेमिफाइनल पुगिसकेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू