अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

लिभरपुलद्धारा बर्नमाउथ पराजित, तालिकामा लिभरपुललाई २५ अंकको अग्रता

बिआरटीनेपाल २०७६ फागुन २५ गते ७:२० मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नमाउथलाई २–१ ले हराएको छ । गएराति भएको खेलमा लिभरपुलका लागि मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे । जीतसँगै लिभरपुलले २९ खेलबाट ८२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलबाट ५७ अंक छ ।

लिभरपूलले तालिकामा २५ अंकको अग्रता लिएको छ । अब लिभरपुललाई प्रिमियर लिगको उपाधि जित्न बाँकी रहेका ९ खेलमध्ये तिन वटा खेलमात्रै जिते पुग्छ । दप्रिमियर लिग फुटबलकै अर्को खेलमा आर्सनलले वेष्ट ह्याम युनाईटेडलाई १–० ले हरायो ।

आर्सनलका लागि अलेक्जेण्डर लाकाजेट्ले निर्णायक गोल गरे । गएराती टोटनह्याम हट्सपरलाई भने बर्नलेले १–१ गोलको बराबरीमा रोकेको छ । इंग्लीश प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा क्रिष्टल प्यालेसले वाट्फोर्डलाई, शेफिल्ड युनाईटेडले नरिच सिटीलाई तथा न्युकासल युनाईटेडले साउथह्याम्प्टनलाई १–० ले हराएका छन् । वुल्भरह्याम्पटन वान्डरर्स र ब्राइटनले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू