अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन (एन.सी.एस.ए.)लाई अन्तराष्ट्रिय महासंघबाट पूर्ण सदस्यता प्रदान

बिआरटीनेपाल २०७६ फागुन २५ गते ७:२२ मा प्रकाशित

नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन (एन.सी.एस.ए.)ले अन्तराष्ट्रिय महासंघबाट पूर्ण सदस्यता पाएको छ ।संघले काठमाडौंमा आइयतबार पत्रकार सम्मलेन गर्दै स्थापनाको १० वर्षमै अन्तराष्ट्रिय महासंघको पूर्ण सदस्य बन्न पाएको घोषणा गरेको हो ।

संघका महासचिव मेघराज पौडेलका अनुसार नेपालभर हाल ११ जिल्लामा संघको शाखा विस्तार भइसकेको छ ।क्लाइम्बिङ स्पोर्टमा हाल १६ सयभन्दा बढी सदस्यहरु प्रत्यक्ष जोडिएका छन् भने देशभर ठूला साना गरी १० वटा ‘क्लाईम्बीङ वाल’ रहेका छन् । संघकै समन्यवमा छिट्टै अन्तर्रा्ष्ट्रियस्तरको वाल निर्माण हुने र त्यसपछि क्षेत्रीय एवं विश्वस्तरका प्रतियोगिता नेपालमा आयोजना गर्न सकिने संघको दाबी छ ।

‘स्पोर्ट क्लाइम्बिङलाई यही वर्ष हुने टोकियो ओलम्पिक र २०२४ को पेरिस ओलम्पिकमा पनि समावेश गरिएको छ । नेपालले अहिलेसम्म चीनमा भएको एसियन बिच गेम्स र इन्डोनेसियामा भएको एसियाली खेलकुदमा स्पोर्ट क्लाइम्बीङतर्फ सहभागिता जनाएको छ । यो खेलको अन्तर्रा्ष्ट्रिय महासंघमा अहिले विश्वका ५ महादेशका ९१ देशका राष्ट्रिय संघहरु आबद्ध छन् । दक्षिण एसियाबाट नेपाल, भारत, पाकिस्तान र श्रीलङ्का सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू