अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

आहा रारा गोल्डकप– अन्जनको गोलमा मनाङ सेमिफाइनलमा

बिआरटीनेपाल २०७६ फागुन २५ गते ७:१७ मा प्रकाशित

मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।

मनाङको जितमा अन्जन बिष्टले निर्णायक गोल गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४ औं मिनेटमा अन्जनले निर्णायक गोल गर्नुभएको हो । आहा रारा गोल्डकपको यो २०० औं खेल समेत हो । अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ ।

मनाङ सेमिफाइनलमा पुग्ने दोस्रो टिम हो । यस अघि आयोजक सहारा क्लबलाई नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेको छ । सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया