अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

अमेरिकाका नेपाली सिजापतिले पारे ५ लाख डलरको चिट्ठा

विजय थापा २०७६ फागुन २४ गते ९:१२ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको वुडब्रिज सहरमा बसोबास गर्ने नेपाली मूलका बिश्वदिप सिजापतिले ५ लाख डलरको चिट्ठा पारेका छन् । उनी उवर चालक हुन भने आफ्नो सवारी साधनमा इन्धन हाल्ने क्रममा $ २० डलरको भाग्योदय कोट्याउने चिट्ठा किन्दा ५ लाख डलर हात पारेका हुन ।

मेघामनि नामक उक्त चिट्ठा उडब्रिज एक्जोन इन्धन चौकीमा किनेर घरमा लगेर कोट्याउँदा उक्त रकम पारेका हुन । मैले जिन्दगीमा यत्रो रकम कहिले देखेको छैन भनी भर्जिनिया चिट्ठा अधिकारीलाई बताए । उनी अति खुसी भएको र उक्त रकम के मा खर्च गर्ने भनी योजना नभएको भन्दै उन्को समाचार र तस्बिर भर्जिनियाको आधिकारिक चिट्ठाले प्रकाशित गरेको छ । उन्ले उक्त चिट्ठा जनवरी ३१, २०२० मा बुझेका हुन ।

तस्बिर: भर्जिनिया चिट्ठा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू