अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

पुलिस आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

बिआरटीनेपाल २०७६ फागुन २४ गते ६:५० मा प्रकाशित

विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा आयोजक सहारा क्लबलाई ‘टाइब्रेकर’मा ४–२ ले पराजित गर्दै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । तर, अतिरिक्त समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरमा गरिएको हो ।

घरेलु टोलीले दुई पेनाल्टी खेर फालेपछि पुलिसले खेल आफ्नो पक्षमा पारेको हो । प्रतियोगिताअन्तर्गत् आइतबार मनाङ–मर्स्याङ्दी क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू