अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 09:55

झापा–११ आहा ! रारा गोल्डकपको क्वार्टरफाइनलमा

बिआरटीनेपाल २०७६ फागुन २३ गते ८:११ मा प्रकाशित

झापा–११ पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै झापा अन्तिम आठमा पुगेको हो ।

झापा ‘टाइब्रेकर’मा ५–३ ले विजयी भएको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा निर्णायक बनेको हो ।

प्रतियोगिताअन्तर्गत् शनिबार नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू