अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

पोखरामा आहा ! रारा गोल्डकप शुरु, आयोजक सहाराको जित

बिआरटीनेपाल २०७६ फागुन २२ गते ७:३३ मा प्रकाशित

आयोजक सहारा क्लबले पोखरामा शुरु १८ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नव निर्मित पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौंको ब्रिगेड ब्वाइजसँग दुई पटक पछि परेरपनि घरेलु सहाराले अन्तिममा जित निकाल्यो ।

त्रिदेव गुरुङको अन्तिम निर्णायक गोल मद्दतमा आयोजक सहाराले जित निकालेको थियो । त्रिदेवले सहाराका लागि २ गोल गरे । उनले खेलको ७३ औं र १०० औं मिनेटमा दुई गोल गर्न सफल भए । खेलको ‘म्यान अफ दी म्याच’ समेत बनेका त्रिदेवले टोलीका लागि निर्णायक हेड गोल गरेका थिए ।

यता, ब्रिगेड ब्वाइजले भने दुई पटकको अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोर्नु प¥यो । खेलमा अग्रता भने ब्रिगेड ब्वाइजले लिएको थियो । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताको उद्घाटन गर्नुभउको थियो । सहारा क्लबले यस वर्ष राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान सुजल श्रेष्ठलाई सर्वोत्कृष्ट फुटबल खेलाडीको सम्मानबाट सम्मानीत गरेको छ । मुख्यमन्त्री गुरुङले सुजललाई दोसल्ला ओढाएर ३५ हजार नगद सहित सम्मानपत्रद्धारा सम्मान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू