अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

चर्चित फुटबलर रोनाल्डिन्हो नक्कली राहदानीसहित पक्राउ

बिआरटीनेपाल २०७६ फागुन २२ गते ७:२१ मा प्रकाशित

ब्राजिलका फुटबलर रोनाल्डिन्हो नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् । उनीसँगै उनका भाई भाइ रोबर्टो पनि पक्राउ परे । उनीहरुलाई पक्राउ गरेर रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखिएको पाराग्वेको गृहमन्त्रालयले जनाएको छ। उनीहरु बसेको होटलमा बुधबार राति प्रहरीले छापा मारी पक्राउ गरेको हो । छापा मार्ने क्रममा रोनाल्डोनो र रोबर्टो दुवैबाट पाराग्वेको राहदानी बरामद गरेको मन्त्रालयले जनाएको छ ।

रोनाल्डिन्हो एक क्यासिनो मालिकको निम्तोमा पाराग्वेमा आएका थिए । रोनाल्डिन्होसित अहिले ब्राजिलको पासपोर्ट छैन । सन् २०१८ मा उनलाई वातावरणीय जरिवाना गरेसँगै उनको पासपोर्ट खोसिएको थियो । सन् २०१८ को नोभेम्बरमा यी दाजुभाइबाट ८५ करोड डलर जरिवाना असुल गरिएको थियो । रोनाल्डिन्हो सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल जित्दा टिमका एक प्रमुख खेलाडी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू