अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

आईसीसी टी – ट्वान्टी क्रिकेटको महिला वरियतामा नेपाल यथावत

बिआरटीनेपाल २०७६ फागुन १९ गते ७:१२ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आईसीसी) को टी–ट्वान्टी क्रिकेटको महिला वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १४ औँ स्थानमा रहेको छ । अघिल्लो वरियतामा पनि नेपाल १४ औँ स्थानमै थियो ।

नयाँ वरियतामा नेपालले २० खेलमा १ सय २९ रेटीङ अङ्क प्राप्त गरेको छ । नेपालले गत मंसिरमा घरेलु मैदानमा भएको १३ औँ सागपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । महिला वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा न्युजिल्यान्ड र तेस्रो स्थानमा इंग्ल्यान्ड रहेको छ । भारत चौंथो र वेष्ट इण्डिज पाँचौ स्थानमा छ ।

प्रतिक्रिया