अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

काखमा दुधे बच्चा बोकेकी महिलामाथि प्रहरीको निर्दयी लाठी

बिआरटीनेपाल २०७६ फागुन १६ गते ७:२५ मा प्रकाशित

नेपकल प्रहरीले बच्चा बोकेकी एक महिलामाथि निर्ममताका साथ लाठी प्रहारगरेको छ । ‘प्रहरी मेरो साथी’ भन्ने नारा चलाएर प्रहरीलाई हेर्ने परिभाषा फेर्ने प्रयास गरेपनि प्रहरीको एउटा लाठी कति निर्मम हुन्छ भन्ने नेपाली जनताले भुल्न नसकेको अवस्थामा बच्चा बोकेकी एक महिलामाथि निर्ममताका साथ भएको लाठी प्रहारको घटना अहिले चर्चाको विषय बनेको छ ।

अहिले सोसल मिडियामा एउटा भिडियो भाइरल बनिरहरेको छ, जहाँ एउटा महिलाले आफ्नो सानो बच्चालाई काखमा च्यापेर भागिरहेकी छन् । ती महिला आफ्नो दूधे बालकलाई काखमा च्यापेर भागिरहेकी दृश्यले भाइरल बनेकी होइनन् । काखमा दूधे बालकलाई च्यापेर भागिरहेकी ती महिलालाई पछाडिबाट एक पुरुष प्रहरीले लाठी बजारिहरेका छन्, जसको कारण उक्त भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।

बच्चा काखमा च्यापेर भागिरहेकी ती महिला हुन् हेमा श्रेष्ठ र पछाडिबाट लाठी चार्ज गर्ने प्रहरी हुन् महानगरीय प्रहरी प्रभाव बुङमतिका प्रमुख प्रहरी निरीक्षक देवीप्रसाद पौडेल । सोसल मिडियामा उक्त भिडियो भाइरल बनेपछि बच्चा बोकेकी महिलामाथि लाठी चार्ज गर्ने प्रहरीमाथि कारबाही हुनुपर्ने माग चर्को रुपमा उठ्न थालेको छ ।

यो घटना भैंसेपाटीको हो । जहाँ नेपाली सेनाका पूर्व जर्नेल हेम खत्री भनिने (हेम थापा)लाई एक जना महिलाले आफ्नो श्रीमान भएको दाबी गर्दै हेम खत्रीको घर अगाडि धर्ना दिँदै आएकी थिइन् । पूर्व जर्नेल हेम खत्रीकी श्रीमती भएको दाबी गर्ने महिला हुन् माला साह । यसै विषयमा मालाले महिला आयोगमा उजुरी दिएकी थिइन् । महिला आयोगले हेम खत्रीलाई उपस्थित गराइदिन भन्दै केहि दिन अगाडि महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र पठायो ।

तर, हेम खत्रीले ई–मेल लेखेर महिला आयोगमा आफैं उपस्थित हुने बताए पनि अहिलेसम्म सम्पर्कमा नआएको महिला आयोगको भनाइ छ । यसरी महिला आयोगको पत्रको वेवास्ता गरेपछि माला साह आफै महिला अधिकारकर्मीको सहयोगमा विहीबार हेम खत्रीको घर घेराउ गर्न पुगेकी थिइन् । सोही महिला अधिकारकर्मीको समूहमा आफ्नो बच्चासहित हेमा श्रेष्ठ पनि थिइन् । घटनास्थलमा पुगेको महानगरीय प्रहरी प्रभाग बुङमतिको टोलीले ‘लोकेशन क्लियर’गर्ने क्रममा बच्चा बोकेकी हेमा श्रेष्ठलाई पछाडिबाट लाठी चार्ज गरेको हो ।

यसै घटनामा प्रहरीले हेम खत्रीको श्रीमती दाबी गर्ने माला साहसहित ६ जनामहिलाहरुलाई नियन्त्रणमा लिएको थियो । दूधे बच्चा बोकेकी हेमा श्रेष्ठलाई पछाडिबाट लाठी प्रहार गर्ने इन्स्पेक्टरलाई छानविनको दायारामा ल्याइएको बताइएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीको निर्देशनपछि बच्चा बोकेकी महिलालाई लाठी प्रहार गर्ने प्रहरी निरीक्षक पौडेलमाथि छानबिन सुरु भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू