अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

‘सेन्टी भाइरस’काे प्रचार शैली

बिआरटीनेपाल २०७६ फागुन १४ गते २२:३२ मा प्रकाशित

सीताराम कट्टेल र कुञ्जना घिमिरे उर्फ ‘धुर्मुस–सुन्तली’ यतिबेला चितवनमा रंगशाला निर्माण गरिरहेका छन्। यसका लागि महायज्ञ गर्नेदेखि ठाउँ–ठाउँमा रोइकराइ गर्ने क्रम छँदै छ। बीचमा सुन्तलीले धुर्मुसलाई फिल्म बनाउन कर गरिन्, जुन अहिले ‘सेन्टी भाइरस’का नाममा हलमा चलिरहेको छ।

तर, धुर्मुस–सुन्तलीले यस फिल्मलाई फिल्म जसरी होइन, राष्ट्रिय गौरवको आयोजनासँग जोडेर प्रचार गरे। फिल्मको सुरुमै लेखिएको छ, ‘क्रिकेट रंगशाला निर्माण सहयोगार्थ।’ उनीहरूले फिल्मबाट कमाएको नाफाको ५० प्रतिशत रंगशालामा दिने घोषणा गरे। सुरुमा यही रकम २०-२५ प्रतिशत थियो।

जब फिल्मलाई लिएर माहौल तातेन, उनीहरूले प्रतिशत बढाए। तर, फिल्मको व्यापार हेर्ने हो भने निर्मातालाई आउने चोखो पैसामा फिल्मले कमाएर नाफा आउन असम्भव नै छ। तर, उनीहरूलाई लाग्दो हो, यहाँका मान्छेलाई जे भन्दिए पनि हुन्छ। अझ, उनीहरूमाथि कसैले प्रश्न उठायो भने रोइदिए भएकै छ। फिल्म त गतिलो बनाएनन् नै, प्रचार शैली पनि कम झुर थिएन। अन्नपूर्णपोस्टबाट

प्रतिक्रिया