अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

आमा

सुभाष पोखरेल २०७६ फागुन १४ गते ११:४२ मा प्रकाशित

खोइ ,! भन्छन् आमाको माया खास हुन्छ,
त्यसैले त मलाई कहिले काहि आस हुन्छ,
धेरै कुरा सम्झन्छु अनि मन निराश हुन्छ,
खोइ भन्छन् आमाको माया खास हुन्छ,

जीवन मा भोगाई र अनुभव पनि फरक फरक हुन्छ,
त्यसैले त साना साना कुराले मन छुन्छ।
मनको कुनामा सपनाको रास हुन्छ,
भन्छन् आमाको माया खास हुन्छ,
त्यसैले मलाई अझै धेरै आस हुन्छ ।

यहाँ धेरै आस गर्दा पनि गल्ती हुन्छ,
सानो बचनले नि मन एकदमै रुन्छ,
एक्लै बिताएका ती समय सम्झँदा अत्यास हुन्छ,
खोइ भन्छन् आमाको माया खास हुन्छ।

टुहुरो सरि जसको अरूको घरमा बास हुन्छ,
जहाँ हेला अपमान र तिरस्कार ले नमस्कार हुन्छ,
हो त्यति बेला आमाको माया खास हुन्छ,
अनि मलाई पनि कहिले काहि आस हुन्छ।

जीवनमा जसको सधैँ ठुलो नै आधार हुन्छ,
छोरा म छु नि भन्दा ठुला ठुला दुख पार हुन्छ ,
सानो आशीर्वाद ले पनि जीवन साकार हुन्छ,
हो साच्चिकै आमाको माया अपार हुन्छ,
भन्छन् आमाको माया खास हुन्छ,
त्यसैले त मलाई कहिले काहि आस हुन्छ।

त्यो होस्टेल याद आउँछ,
मावल याद आउँछ,
अनि त्यो घर पनि याद आउँछ,
जहाँ त्यो भाव को अभाव याद आउँछ,
त्यो काख याद आउँछ,
त्यो लाख याद आउँछ,
त्यसैले त आमाको माया खास हुन्छ,
मलाई पनि कहिले काहि आस हुन्छ,
जहाँ सपनाको बास हुन्छ,
अनि आशीर्वाद को रास हुन्छ,
त्यसैले त आमाको माया खास हुन्छ,
मलाई नि कहिले काहि आस हुन्छ ।

प्रतिक्रिया