अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

ओली नेतृत्वको सरकारबाट जनता निराशः राप्रपा अध्यक्ष कमल थापा

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:२६ मा प्रकाशित

राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान ओली नेतृत्वको सरकारबाट जनता निराश भएको बताउनुभएको छ । बुधबार जनकपुरमा आयोजित निर्वाचनसम्बन्धी कार्यकर्ताहरुको प्रदेश स्तरिय भेलामा सहभागी हुन आएका अध्यक्ष थापाले दुई तिहाईको सरकारले जनताको कुनैपनि अपेक्षालाई पुरा नगरेकाले जनता निराश भएको टिप्पणी गर्नुभयो ।

मुलुकमा भ्रष्टचार,महँगी जस्ता क्रियाकिलापहरु बढेको अरोप समेत थापाले लगाउनुभएको छ । उहाँले जनताका अपेक्षाहरु पूरा नगर्दा वर्तमान सरकारप्रति मोह भंग भएको बताउनुभयो । अध्यक्ष थापाले नेकपा पार्टी भित्रको अन्तरद्वन्द्वको कारणले सरकार अस्थिरताको अवस्थामा पुगेको बताउँदै जनताले शान्ति र समृद्धि चाहेको बताउँदै सरकार त्यो बाटोबाट पछाडि हटेर भ्रष्टचारमा लिप्त भएको आरोप लगाउनुभयो ।

अध्यक्ष थापाले कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउनको लागि गर्न लागिएको संविधान संशोधन कुनैपनि पार्टीलाई मान्य नरहेको बताउँदै सरकारले जनताको भावनाविपरित राष्ट्रियसभाका सदस्यलाई प्रधानमन्त्री बनाउन खोजिएको आरोप लगाउनुभयो ।संविधानमा देखिएको त्रुटिहरुलाई सुधार गरेर संविधानलाई सर्वस्वीकार बनाउनुपर्ने समयमा सरकारले बाटो बिराएर गलत मनसायमा संविधान संसोधन गर्न लागेको थापाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू