अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

च्याम्पियन्स लिगमा चेल्सी विरुद्ध बार्यन म्युनिखको शानदार जित

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:१७ मा प्रकाशित

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन क्लब बार्यन म्युनिखले जित निकाल्दा बार्सिलोना भने बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा बार्यनले लण्डन क्लब चेल्सीलाई ३–० गोल अन्तरले हराएको हो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा बार्यनलाई जित दिलाउन सर्ज गन्ब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । हारसंगै चेल्सीको क्वार्टरफाईनल प्रवेशको सम्भावना कठिन बनेको छ । तर प्रियिमर लिगबिरुद्ध हाबी देखिदै आएको बार्यनले चेल्सीबिरुद्ध समेत शानदार जित निकाल्न सफल रह्यो ।

यस्तै, बार्सिलोनाले भने नापोलीको घरेलु मैदानमा १–१ गोलको बराबरी खेलेको हो । डेरिस मार्टिन्सले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएपनि एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए ।

प्रतिक्रिया