अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

किताबमा कर लगाउने सरकारी निर्णयको बिरोधका प्रदर्शन

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:१५ मा प्रकाशित

किताबमा कर लगाउने सरकारको निर्णयको विरोध गर्दै बुधबार पनि नेता तथा विद्यार्थीहरुले सडकमा प्रदर्शन गरेका छन्। बुधबार नेपाली कांग्रेसका नेता प्रदीप गिरी र गगन थापासहित विद्यार्थीहरुले माइतीघर मण्डलामा सरकारको विरोध गरेका हुन्। ‘किताबमा कर, फिर्ता गर’, ‘हामी विद्यार्थी हौँ, परिस्थितिले विद्रोही बनाइदियो’ लगायतका नारा लेखेर विद्यार्थीले प्रदर्शन गरेका छन्।

आयोजित कार्यक्रममा कांग्रेस नेता गगन थापाले किताबमा कर लगाउनुले सरकारको निरङ्कुशता झल्किएको जिकिर गर्नुभयो । विद्यार्थीले पढ्ने पुस्तकमा सरकारले कर लगाउनु भनेको जनतालाई पढ्न नदिने मनसाय रहेको आोप लगाउँदै उहाँले यसलाई सरकारको निरंकुशताको संज्ञा दिनुभयो ।

यस्तै कांग्रेसका नेता प्रदीप गिरीले प्रजातन्त्रमा सबैले पढ्न पाउनु पर्ने अधिकार रहे पनि अहिलेको सरकारले शिक्षामा कर लगाएर नराम्रो विभेद गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू