अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

सेयर बजारमा रेकर्ड ब्रेक– ५१ अंकले बढ्यो नेप्से, ४ अर्ब माथिको कारोबार

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:१५ मा प्रकाशित

बुधबार दिनभर भएको तीब्र उतारचढावबीच सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ मा पुगेको छ । मंगलवारको तुलनामा नेप्से परिसूचक ३ दशमलव ३० अंकले बढेको हो ।

४ अर्ब भन्दा बढीको कारोबार भएर नेप्सेमा सेयर कारोबार रकमले रेकर्ड नै ब्रेक समेत गरेको छ । कारोबार रकममा मात्रै कारोबार संख्यामा समेत नेप्सेले रेकर्ड ब्रेक गरेको छ । दिनभर भएका ३२ हजार १ सय ५४ कारोबारबाट ९९ लाख ६ हजार ९ सय ८९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यस अघि गत आइतबार कारोबार रकम, कारोबार संख्या र किनबेच भएको सेयरको संख्यामा नेपालको पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कामय भएको थियो । त्यसदिन ३० हजार ४ सय ५६ कारोबारबाट कूल १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर किनबेच भएको थियो । सेयर कारोबार रकममा समेत नयाँ रेकर्ड कायम भएको छ । गत आइतबार तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँको सेयर कारोबार भएर नयाँ किर्तिमान कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू