अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५५ | Colorodo: 17:10

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:१४ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

कार्यक्रममा पूर्व अध्यक्ष सुरज बैद्य सहित चण्डिराज ढकाल र महासंघका सातमध्ये पाँचवटा प्रदेशका अध्यक्षहरुको पनि उपस्थिति थियो । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले महासंघको भावि अध्यक्षमा शेखर गोल्छालाई पाएको बताउनुभयो । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान भएकाले वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुने गरेको छ ।

ढकालले नेपालमा राजनीतिक स्थायित्व भएसँगै लगानीको वातावरण पनि बन्दै गएकाले उद्यमी व्यवसायीलाई लगानीका लागि प्रसस्त अवसर भएको बताउनुभयो । ‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’ भन्ने नारासहित उम्मेदवारी घोषणा गर्नुभएका ढकालले महासंघको भावि अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गतिशीत टीम बन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू