अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

सेनाको जासुसी निकाय विस्तार गर्दैछौँ– रक्षामन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:१३ मा प्रकाशित

नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचारमा संलग्न हुने कसैलाई पनि उन्मुक्ति नदिने बताउनुभएको छ । उहाँले सेनाको जासुसी निकाय बनाउने तयारीबारे पनि प्रष्ट पार्नुभयो । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आफ्नो दुई वर्षे कार्याकालको कार्यप्रगति विवरण सार्वजनिक गर्दै रक्षामन्त्री पोखरेलले नेपाली सेनामा मात्रै नभएर जुनसुकै क्षेत्रमा हुने भ्रष्टाचार सरकारलाई स्वीकार्य नभएको बताउनुभयो ।

सेनाको जासुसी निकाय बनाउने भन्ने कुरा बाहिर आएजस्तो नभएको दावी गर्दै उहाँले त्यसैलाई विस्तार गर्न खोजिएको स्पष्ट पार्नुभयो । द्वन्दकालमा ज्यान गुमाएकाहरुका परिवारलाई राहत वितरणमा विभेद भएको भन्ने गुनासो रहेकोमा आफ्नो दुई वर्षे कार्यकालमा त्यसलाई सम्बोधन गरिएको पोखरेलले बताउनुभयो ।

रक्षामन्त्री पोखरेलले नेपाली सेनालाई संयुक्त राष्ट्र संघको शान्ति मिसनमा पठाउँदा सोर्सफोर्स र भनसुनले अब काम नगर्ने र आफूले त्यसलाई हटाएको दावी गर्नुभयो । नेपाली सेनाले विभिन्न उद्धार तथा राहतका कार्यक्रममा निरन्तर काम गरिएको भन्दै मन्त्री पोखरेलले सेनाले नेपालको खेल क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू