अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

अमेरिकी जनगणनामा नेपाली समुदायमा प्रचार प्रसार गर्ने उद्देश्यले कोलोराडोमा कमिटी गठन

बिआरटीनेपाल २०७६ फागुन १३ गते ११:२९ मा प्रकाशित

आउँदो मार्च दोस्रो हप्ताबाट सुरु हुन लागेको अमेरिकी जनगणनामा (cences 2020) नेपाली समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यको साथ विभिन्न सङ्घ संस्थाको प्रतिनिधित्व हुने गरी एन.आर.एन. कोलोराडो च्याप्टर उपाध्यक्ष आर.सी. पन्त को संयोजकत्वमा २५ सदस्य कमिटी गठन गरेको र बाकी सदस्य थप्दै जान सकिने कुरा च्याप्टर सचिव नवराज न्यौपानेले बिआरटी नेपाललाई जानकारी दिए । एनआरएन कोलोराडो च्याप्टरले यसपालिको जनगणनामा कोही पनि नेपाली नछुटुन् भन्ने ध्येयले चेतना बढाउने निर्णय गरेको छ ।

अमेरिकामा नेपालीको सङ्ख्या तीन लाख माथि पुगी सकेको बताइए पनि आधिकारिक तथ्याङ्क न्यून छ । त्यसैले प्राय सबै सरकारी कागजातमा नेपालीले एसियाली या भारतीय एसियाली मूलबाट आफ्नो पहिचान खुलाउन बाध्य हुँदै आएका छन् । जनगणना मार्फत नेपालीको सही तथ्याङ्क आएमा सरकारी पहिचान नै फरक पर्न सक्नेछ । त्यसैले सबै कोलोराडो बासी नेपालीलाई आफ्नो मातृभाषा खुलाएर जनगणनामा भाग लीन एन . आर.एन. कोलोराडो च्याप्टर अपिल गर्दछ ।

सदस्यहरूको नामावली निम्न प्रकारका छन् ।
१ रामचन्द्र (आर.सी.) पन्त – संयोजक
२ नवराज न्यौपाने – सदस्य
३ प्रकाश पौडेल – सदस्य
४ दीपक सुनुवार – सदस्य
५ माधव प्र. सिवाकोटी -सदस्य
६ उत्सुुुक (किरण) अधिकारी-सदस्य
७ टिका पौडेल -सदस्य
८ प्रमोद भण्डारी -सदस्य
९ शङ्कर गुरुगं -सदस्य

१० यमुना केसी -सदस्य
११ दिल कुमारी श्रेष्ठ – सदस्य
१२ सम्झना आचार्य -सदस्य
१३ प्रेमकाजी श्रेष्ठ -सदस्य
१४ गणेश पौडेल -सदस्य
१५ नन्दलाल न्यौपाने -सदस्य
१६ हरीश खत्री -सदस्य
१७ सुमन केसी -सदस्य
१८ पदमराज तमाङ -सदस्य
१९ चीरनजीवी रेग्मी -सदस्य

२० अमृता आचार्य -सदस्य
२१ विजय बराल – सदस्य
२२ लाल चैलागाई – सदस्य
२३ सञ्जय सिंह केसी – सदस्य
२४ ध्रुव पौडेल -सदस्य
२५ चन्द्रकान्त अधिकारी -सदस्य

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू