अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 07:33

लिभरपुलद्वारा वेष्ट ह्याम पराजित, लिभरपुललाई २२ अंकको अग्रता

बिआरटीनेपाल २०७६ फागुन १३ गते ६:४६ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई पराजित भएको छ । गएराति आफ्नै मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले वेष्टह्यामलाई ३–२ ले हरायो ।

लिभरपुलका लागि जर्जि्नियो वहाल्दुम, मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे । वेष्ट ह्यामका इसा डियोप र पाब्लो फोर्लानले दुई गोल फर्काए । जितसँगै लिभरपुलले प्रिमियर लिग फुटबलको अंक तालिकामा फेरि २२ अंकको अग्रता लिएको छ ।

प्रिमियर लिग फुटबलको उपाधि जित्न लिभरपुललाई अब बाँकी रहेका ११ मध्ये ४ खेल मात्रै जिते पुग्छ । २७ खेलबाट उसको ७९ अंक छ । समान खेलबाट ५७ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ । ५० अंकसहित लेष्टर सिटी तेस्रो तथा ४४ अंकसहित चेल्सी चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू