अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 07:46

कुलुङ बने पाथीभरा म्याराथनको विजेता

बिआरटीनेपाल २०७६ फागुन १३ गते ६:४० मा प्रकाशित

सोलुखुम्बुका सुमन कुलुङ पाथीभरा म्याराथन दौडको विजेता बनेका छन् । ताप्लेजुङमा मंगलबार भएको दौडमा ४ घण्टा १३ मिनेट २७ सेकेन्डको समयमा निर्धा्रित दूरी पुरा गरी खुला तर्फको दौडमा कुलुङ विजेता बनेका हुन् ।

यस्तै पाँचथर फिदिमका प्रताप थाम्सोहाङ दोस्रो र रुकुम मुसिकोटका दुर्गाराज बुढा तेस्रो भए । यता महिला तर्फको हाफ म्याराथन दौडमा भने जुम्लाकी सुनमाया बुढाक्षेत्री विजेता भईन् । उनले ४४ किलोमिटरको दुरी ३ घण्टा ३८ मिनेटमा पुरा गरिन् । यस्तै त्रिभुवन आर्मी क्लवकी सरिता वासी दोस्रो तथा धादिङकी रसिला तामाङ तेस्रो भएकी छन् ।

खुलातर्फका विजेताले १ लाख ५१ हजार, उप–विजेताले १ लाख ११ र तेस्रो हुनेले ५१ हजार पुरस्कार प्राप्त गरेका छन् । महिला तर्फका विजेता, उपविजेता र तृतियले क्रमशः ८१, ५१ र ३१ हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन् । शुक्रबारदेखि सुरु भएको पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको अन्तिम दिन आज म्याराथन दौड भएका हो । दौडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू