अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

सुन्ने र सुनाउने भाग २३ सम्पन्न

बिआरटीनेपाल २०७६ फागुन १२ गते १३:१० मा प्रकाशित

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानले आफ्नो नियमित सुन्ने र सुनाउने साहित्यिक कार्यक्रम को २३ औँ भाग  फ्रेबुवरी २३ का दिन सम्पन्न गरेको छ ।

प्रणय दिवस मनाइने यस फरबरि महिनाको अङ्कमा स्वाभाविक रूपमा प्रणय भाव बोकेका विविध रचनाहरूको बाहुल्यता थियो भने कार्यक्रममा लघु कथा तथा गजल गायन जस्ता विधाको पनि समावेश भएको थियो । साहित्यकारहरू सिता सापकोटा, सरोज भुसाल, भूपेन्द्र महत, लाल चौलागाइ, सेनु तिवारी, ज्ञानेन्द्र काफ्ले, रवि बास्तोला, धन पौडेल, विजयदेव अधिकारी, अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष तारा अधिकारी, गङ्गा सागर पन्त, NRN कोलोराडो च्याप्टरका उपाध्यक्ष रामचन्द्र पन्त र रिता ढकालले आ-आफ्नो रचनाहरू बाँचन गर्नु भएको यस भागको सञ्चालन सरोज भुसालले आकर्षक ढङ्गले गर्नु भएको थियो ।

बिआरटी नेपाल डट कमको फेसबुक पेजबाट सदा झैँ प्रत्यक्ष प्रसारण हुँदै आएको यो नियमित कार्यक्रममा आगामी सुन्ने र सुनाउने कार्यक्रमको २५ ओैं भाग विशेष रूपमा मनाउने प्रतिबद्धताका साथ अमेरिकन आइडलमा सहभागी नेपाली प्रतिस्पर्धी दिबेश पोखरेल (Arthur Gunn) को सफलताको कामना समेत गरिएको थियो । अन्तमा कार्यक्रमको साक्षीको रूपमा रहनु भएका श्री माधव सिवाकोटीले आफ्ना गहकिला रचनाहरू सुनाउँदै कार्यक्रमको विसर्जन गर्नु भएको थियो ।

प्रतिक्रिया