अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

इजरायल र सिरियाबीच तनाव बढ्दो, मिसाइल हानाहान

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:३७ मा प्रकाशित

इजरायल र सिरियाबीच तनाव बढ्दै गएको छ । दुवै देशका सैन्य अधिकारीहरुले हवाइ कारवाहीमा आफूले ठूलो सफलता हात पारेको बताउँदै आएका छन् । इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै इस्लामिक जिहाद सशस्त्र समूहमाथि हवाइ आक्रमण गरेको जनाएको छ । तर सिरियाले भने त्यसको प्रतिवाद गर्दै मिसाइल आक्रमणमा आफूहरुलाई सफलता मिलेको दावी गरेको छ ।

इजरायली सेनाले गाजापट्टीमा हवाइ हमला गरेर दक्षिणी दमास्कसमा इस्लामिक जिहाद आतंकवादी संगठनका क्याम्प नियन्त्रणमा लिएको भन्दै विज्ञप्ती जारी गरेको छ । त्यसलगत्तै दुवै पक्षबीच स्थानीय समयअनुसार रातभर दोहोरो आक्रमण भएको समाचारमा जनाइएको छ ।

सिरियन मानवअधिकारवादी संस्थाले दवै पक्षले अन्तर्रा्ष्ट्रिय विमानस्थल नजिकै हमला गरेको जनाएको छ । सिरियाली समाचार संस्था सानाका अनुसार दुवै पक्षले प्रहार गरेका मिसाइल लक्ष्मा पुग्नुअघि नै गोली हानी नष्ट गरिएको थियो । सन् २०११ मा सिरियाको द्वन्द्व सुरु भएदेखि इजरायलले हिजबुल्लाह लडाकूलाई निशाना बनाएर सिरियामा सयौं आक्रमण गरिसकेको समाचारमा जनाइएको छ । यसैबीच दुई देशबीच तनाव बढ्दै गएपछि सर्वसाधारण बिस्थापित हुन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू