अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 11:35

परिवार दलको मागमा नेकपा अध्यक्ष प्रचण्ड सकारात्मक

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:३८ मा प्रकाशित

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले दुई दलबीच भएको सहमतिलाई लिएर सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको ध्यानाकर्षण गराउनु भएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग भेट गरी ढकालले समसामायिक राजनैतिक बिषयमाध्यानाकर्षण गराउनु भएको हो ।

ढकालले नेकपाको एकताअघि तत्कालिन नेकपा एमाले र नेपाल परिवार दलबीच भएको तीन बुँदे सहमतिको कार्यन्वयनको लागि ध्यानाकर्षण गर्नु भएको ढकालका निजि सचिब जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । केही समय अघि परिवार दलले सोही बिषयमा नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको थियो । गत निर्बाचनको बेलामा परिवार दलले तिन बुँदे सहमति गरी वाम गठबन्धनलाई सघाएको थियो ।

सहमतिमा परिवार दलको संसदमा प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख थियो । अध्यक्ष प्रचण्डले दुइ पार्टीको बिगत देखिको सहकार्यको स्मरण गर्दै आफ्नो ध्यानाकर्षण भएको र सहमतिलाई सकारात्मक रुपमा पार्टीमा छलफल गर्ने जानकारी दिनुभएको छ । भेटमा नेकपाका बरिष्ठ नेता माधबकुमार नेपाल र महासचिब बिष्णु पौडेल सहभागी हुनुहुन्थ्यो भने परिवार दलका महामन्त्री बिनोद डाँगी, प्रबक्ता सन्तोष पौडेल तथा गण्डकी प्रदेश संयोजक प्रकाश बाबु थापा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू