अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

नेपालको नक्सामा कालापानी, लिपुलेक सहित भूमि समावेश गरिएको पाठ्यक्रम लागू गरिने

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:३५ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन नेपालको १३ औँ साधारणसभाको उद्घाटन गर्दै उहाँले नेपालको नक्सालाई पूर्णरुपमा समावेश गरिएको पाठ्यक्रम लागू गर्न शिक्षा क्षेत्रका संस्थाहरुले पनि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

छिमेकी भारतले नेपाली भूमि कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेपछि नेपालले कूटनीतिक पहलबाट समस्याको समाधान गर्न पहल गरिरहेका बेला शिक्षामन्त्रीले विद्यालयको पठनपाठनमा पनि सही नक्साको प्रयोग गर्न आग्रह गर्नुभएको हो । बालबालिकको न्यूनतम गुणस्तरीय सिकाइ सुनिश्चित गर्न सार्वजनिक–निजी साझेदारीको अवधारणालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै विद्यालयहरु एकापसमा गाभेर गुणस्तरमा ध्यान दिन पनि मन्त्री पोखरेलले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू