अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

एक टोल एक चौकी र एक पालिका एक इलाका प्रहरी स्थापना गर्ने प्रहरीको योजना ।

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:३३ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले व्यवस्थापनको हिसाबले नेपाल प्रहरीको अवस्था त्यति राम्रो नभएको बताउनुभएको छ । आज चितवन जुटपानीमा बनेको प्रहरी चौकी भवनको उद्घाटन गर्दै मन्त्री थापाले प्रहरीको अवस्था सडक छापको जस्तो भएको र उनीहरुको मनोबल उठाउन चौकी र भवनहरु बनाउन आवश्यक रहेको बताउनुभयो ।

देशका धेरै ठाउँमा चौकीको भवन नै नभएको गृहमन्त्री थापाले बताउनुभयो । सरकारले ‘एक टोल एक चौकी र एक पालिका एक इलाका प्रहरी’ स्थापना गर्ने योजना अगाडि सारेको पनि उहाँले जानकारी दिनुभयो । सरकारले छिट्टै प्रदेश प्रहरी गठन गर्न लागेको र यसका लागि समायोजनको प्रक्रिया सुरु भएको मन्त्री थापाको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू