अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 05:58

कोराना भाइरसः विश्वभर मृत्यु हुनेको संख्या २४ सय नाध्यो, इरानमा फैलियो महामारी

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:३४ मा प्रकाशित

इरानमा कोरोना भाइरसका कारण आठ जनाको मृत्यु भएको छ । ४३ जनामा भाइरसको संक्रमण देखिएको अधिकारीहरुले बताएका छ्न् । भाइरसको संक्रमण बढ्दै गएपछि इरानले सीमामा कडाइ गर्नुका क्वारेन्टाइनको व्यवस्था गरेको छ । तीव्र गतिमा फैलिइरहेको महामारीको संक्रमण रोक्नका लागि टर्की, पाकिस्तान, अफगानिस्तन र अर्मे्नियालगायतका देशहरुले सीमामा कडाइ गर्नुका साथै नागरिकहरुलाई आवतजावत नगर्न आग्रह गरेका छन् ।

गत बुधबार इरानको क्युम शहरमा पहिलो पटक देखा परेको भाइरसको संक्रमण फैलन थालेपछि अधिकारीहरुले त्यसको नियन्त्रणका लागि विभिन्न उपायहरु अपनाइरहेको समाचारमा जनाइएको छ । भाइरसको संक्रमण बढ्दै गएपछि इरानका शिक्षण संस्थाहरु बन्द गराइएको छ भने सर्वसाधारणको अत्याधिक भीड हुने स्थानमा मानिसको उपस्थिति कम हुन थालेको छ ।

संक्रमितहरुको उपचाका लागि इरानले बीस भन्दा बढी स्वास्थ्य संस्थाहरुको व्यवस्था गरेको समाचारमा जनाइएको छ । तर स्वास्थ्यकर्मीहरुले भने अस्पतालमा उपकरणको अभावका कारण उपचार प्रभावित भएको जनाएका छन् । यता दक्षिण कोरियामा पनि कोरोनाको महामारी फैलिएको समाचारमा जनाइएको छ । गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वहान शहरबाट फैलिएको कोरोनाका कारण चीनपछि सबैभन्दा बढी इरानमा रहेको बताइएको छ ।

चीनको वुहानमा मात्र दुई हजार चार सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ७७ हजार भन्दा बढी प्रभवित भएको बताइएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको संक्रमण फैलिइरहेका बेला अमेरिकाले इरानमाथि लगाएको प्रतिवन्धका कारण रोग नियन्त्रणमा समस्या हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू